काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ ।
बैठकमा संसदको बजेट अधिवेशन लगायतका विषयमा छलफल हुने बताइएकोछ । सरकारले वैशाख १२ गते अधिवेशन आह्वान गरेको छ ।
शिक्षक र निजामती कर्मचारीहरूका माग पूरा गर्न यही अधिवेशनबाट ऐन जारी गर्ने तयारी पनि सरकारको छ । सभामुख देवराज घिमिरेले शनिवार र बिदाको दिनबाहेक हरेक दिन बैठक बोलाउने तयारी पनि गरेका छन् ।






















