पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता, एम्सको सदस्य बन्यो

पोखरा । पोखरा म्याराथनले अन्तर्राष्ट्रियता मान्यता पाएको छ ।

नेपालकै जेठो दावी गरिएको उक्त म्याराथनले विश्वभरका म्याराथनको छाता संस्था एसोसियन अफ म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स) को सदस्यता पाएको हो । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आएको पोखरा अन्तर्राष्ट्रिय म्याराथनले १६औं संस्करण पार गरिसकेको छ ।

१७औं संस्करणको म्याराथन आगामी फागुन ६ गते हुँदै छ । केही समयअघि पोखरा म्याराथनको दौड रुटले पनि अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । सदस्यता प्राप्त गरेसँगै एम्सका अध्यक्ष पाको बोराओले मञ्चलाई बधाई दिएका छन् ।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले एम्सको सदस्य बन्न पाउँदा खुशी लागेको बताए । ‘हामी सबैका लागि यो खुशीको खबर हो । नेपालको जेठो म्याराथनको रुपमा स्थापित पोखरा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाउनु पोखरेली खेलप्रेमीका लागि गौरवको विषय हो,’ उनले भने । उक्त म्याराथनले पोखराका १७ वटा वडालाई छोएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित