इन्टरनेट कम्पनी नेपाल वायरलेसको अनुमति खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट कम्पनी नेपाल वायरलेसको अनुमति खारेज गरिदिएको छ । इन्टर्नेट (इमेल सहित)को अनुमतिपत्र प्राप्त संस्था नेपाल वायरलेसले राम्चे, म्याग्दीबाट ग्रामीण दूरसञ्चार सेवा प्रदायकको रुपमा अनुमतिपत्र (अनुमतिपत्र नं. ग्रामीण ५) पाएको छ ।

यसले उक्त अनुमतिपत्रको नवीकरणको लागि तोकिएको अवधि भित्र निवेदन पेश नगरेको तथा नियमानुसार नवीकरण दस्तुर समेत नबुझाएकोले उक्त सेवा प्रदायकलाई प्रदान गरिएको इन्टर्नेट (इमेल सहित) सेवाको अनुमतिपत्र खारेजे भएको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले जारि गरेको सूचनामा उल्लेख छ, ‘दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम मिति २०८१ फागुन १९ देखि स्वतः खारेज भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्राधिकरणले नियमानुसार तिर्न बुझाउन पर्ने रकमका सम्बन्धमा यो सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र सम्पर्क गर्न समेत सूचित गरिएको छ । तोकिएको समयभित्र सम्पर्कमा नआए प्रचलित कानून बमोजिम आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइने जानकारी पनि नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित