अवकाशअघि आफू निकट अधिकृतलाई काज सरुवा गरेका आईजीको आदेशमा गृहसचिवको रोक !

काठमाडौं । अवकाशपूर्व निकटस्थ अधिकृतलाई काज सरुवाबाट विभिन्न युनिटको इन्चार्ज बनाउने प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरको आदेश गृह मन्त्रालयले रद्ध गरेको छ ।

शुक्रबार ललितपुरको चापागाउँस्थित प्रहरी बृत्त प्रमुखमा डीएसपी यामकुमार श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय, दाङमा इन्स्पेक्टर सन्तोष न्यौपानेलाई खटाउने गरी आईजी कुँवरले आदेश दिएका थिए ।

तर, जिल्ला ट्राफिक दाङको हकमा भएको काज आदेश शुक्रबार राति नै आईजीको आदेशलाई गृहसचिव गोकर्णमणि दवाडीले रोकिदिएका छन् । प्रहरी प्रधान कार्यालयस्रोतका अनुसार आइतबार रवाना बुझाउने गरी काज आदेशबमोजिमको पत्र बनिसकेको अवस्थामा इन्स्पेक्टर न्यौपानेलाई खटाउने काम रोकिएको हो ।

प्रहरी बृत्त, चापागाउँ खटाइएका डीएसपी श्रेष्ठ आईजी कुँवरका निजी सुरक्षा अधिकृत (बडीगार्ड) हुन् । दाङ ट्राफिक पठाइन चाहेका इन्स्पेक्टर न्यौपाने आईजीपत्नी लक्ष्मी कुँवर अध्यक्ष रहेको नेपाल प्रहरी श्रीमती संघमा कार्यरत थिए ।

आईजीले प्रहरीको सरुवा मापदण्डविपरित इन्स्पेक्टर न्यौपानेलाई दाङ पठाउन खोज्दा गृह सचिवले रोकेका हुन् । उनी भक्तपुरस्थित जिल्ला ट्राफिक कार्यालयको प्रमुखबाट श्रीमती संघमा सरुवा भएको एक वर्ष पूरा भएको थिएन ।

मापदण्डमा एक युनिटको इन्चार्जको जिम्मेवारी पाएको कुनै पनि अधिकृतले एक वर्ष नपुग्दै अर्को युनिटको इन्चार्ज हुन नपाउने व्यवस्था छ । न्यौपाने भक्तपुर ट्राफिकअघि काठमाडौंको बलम्बुस्थित प्रहरी प्रभाग प्रमुखका रुपमा कार्यरत थिए ।

एक दर्जामा एक पटक ‘क’ श्रेणीको युनिट कमाण्ड गरेको कुनै पनि अधिकृतले त्यही दर्जामा त्यही श्रेणीको युनिट कमाण्ड गर्न पाउँदैन । तर, न्यौपानेले जिम्मेवारी बहन गरेको बलम्बु प्रभाग र भक्तपुर जिल्ला ट्राफिक दुबै ‘क’ श्रेणीका युनिट हुन् ।

गृह सचिवको आदेशमा न्यौपानेको काज सरुवा रोकिएपछि दाङ ट्राफिकमा कार्यरत इन्स्पेक्टर राजेश शाही त्यहीँ रहने भएका छन् । उनको कार्यकाल अझै २ महिना बाँकी छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित