जयन्दुबाल सुधार गृहमा तनाव : थप १५ जना घाइतेलाई पठाइयो अस्पताल

बाँके । बाँकेको डुडुवा गाउँपालिकाको हिरमिनियाँस्थित जयन्दु बाल सुधार गृहका थप १५ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरी र सशस्त्र प्रहरीभित्र प्रवेश गरी घाइतेको उद्धार गरी अस्पताल पुर्‍याएको हो।

बालबन्दीले शनिबार बिहान आफू बस्ने भवनमा आगो लगाएका थिए। आगो लगाएपछि उनीहरू छतमा बसेका थिए। आगो निभाउन गएको दमकल पनि उनीहरूले भित्र प्रवेश गर्न दिएका थिएनन्।

उनीहरूले रेलिङ भत्काएर, ढुंगा र इँटाहरूले घरको छतबाट प्रहरीमाथि आक्रमण गरेका थिए। जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले आफै माइकिङ गरी शान्त बस्न र केही समस्या भए राख्न आग्रह गर्दा पनि बालबन्दीहरू शान्त भएका थिएनन्।

बालबन्दीहरूको आक्रमणबाट तीन जना प्रहरी घाइते भएका छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए।

बालबन्दीहरूको आक्रमणबाट तीन जना पत्रकार पनि सामान्य घाइते भएको प्रजिअ जोशीले बताए। प्रहरी भवनभित्र प्रवेश गरी छतमा बसेका बालबन्दीहरूलाई सुरक्षित स्थानमा लैजाने क्रम जारी रहेको छ। प्रजिअ जोशीका अनुसार छतबाट जमिनमा ल्याइएकामध्ये झन्डै १५ जना जति बालबन्दीहरूमा चोटपटक देखिएको हुँदा उपचारका लागि गाडीमा राखेर अस्पताल पुर्‍याइएको बताए।

‘उहाँहरू छतबाट तल आउने क्रममा घाइते हुनु भएको हो वा आपसमा कुटाकुट गरी घाइते हुनु भएको हो, त्यसबारे अनुसन्धान हुन बाँकी छ,’ उनले भने, ‘प्रहरी अहिले भित्र प्रवेश गरिसकेको हुँदा लगभग तनावग्रस्त स्थिति नियन्त्रणमा आउँदै छ।’

प्रजिअ जोशीका अनुसार अब एउटा बन्द कोठामा भित्रबाट कोठा थुनेर बसेकाहरूलाई मात्रै निकाल्न बाँकी छ। त्यो कोठामा १५ जनासम्म बालबन्दीहरू बसेको अनुमान भइरहेको छ।

प्रजिअ जोशीले दुई जना बालबन्दीहरू भागेको भन्ने रहे पनि कति जाने भागे भन्ने गणना गरिसकेपछि मात्रै तथ्य भन्न मिल्ने बताए। यो बाल सुधार गृहमा कुल २५५ जना बस्दै आएका थिए।

सुर्खेतबाट झन्डै हप्ता दिनअघि ल्याइएकाहरूमाथि जयन्दु बाल सुधार गृहमा बस्दै आएकाहरूले गएराति कुटपिट र आक्रमण गरेका थिए। त्यो आक्रमणबाट ६ जना गम्भीर घाइते भएको स्रोतले बतायो। उनीहरूलाई राति नै उद्धार गरी प्रहरीले अस्पताल पुर्‍याएको थियो।

‘गएराति कुटपिट भएका ५ जना घाइतेलाई बढी नै चोटपटक छ भन्नेछ,’ प्रजिअ जोशीले भने, ‘यो तनाव शान्त भएपछि म घाइतेको अवस्था बुझ्न अस्पताल जानेछु।’

शुक्रबार मध्यरातिमा सुर्खेतबाट त्यहाँ लगिएका बालबन्दीहरूमाथि एकाएक कुटपिट र आक्रमणमा उत्रिएपछि लफडा सुरू भएको थियो।

बाल सुधार गृहमा हतियार बिनाका र साधा पोशाकका १२ जना प्रहरी मात्रै थिए। उनीहरूभित्र प्रवेश गर्न पाउने अधिकार नभएको हुँदा रातभर उनीहरूले केही गर्न सक्ने अवस्था थिएन।

प्रहरी रातिमा पुगे पनि बालसुधार गृहमा प्रवेश गर्न सकेको थिएन। कुटपिटबाट घाइते भएका ६ जनालाई बाल सुधार गृहका चौकीदारले गेटसम्म ल्याइदिएपछि प्रहरीले अस्पताल पुर्‍याएको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित