अख्तियारको कारबाहीमा परेकी विद्या विकासकी प्रअलाई समितिले हटायाे, नगरपालिकाले दियो कारबाही कार्यान्वयन नगर्न पत्र

बागलुङ । गैरकानूनी र पदीय हैसियत विपरित काम गरेको भन्दै विद्यालय व्यवस्थापन समितिले कारवाही गरेको शिक्षकलाई नगरपालिकाले पुनस्थापित गरेको छ ।

ढोरपाटन नगरपालिका-६ को विद्या विकास माध्यमिक विद्यालयकी प्रधानाध्यापक भीमकुमारी भण्डारी थापाले गैरकानूनी काम गर्दा पनि नगरपालिकाले संरक्षण गरेको समितिका अध्यक्ष तोजिन्द्र थापाले आरोप लगाएका छन् । थापाले विद्यालयमा अनुपस्थित भएर काममा जाने अनि फर्केर हाजिर गर्ने, बिदामा समेत तलब खाएको आरोप छ ।

विद्यालयले भुक्तानी दिनुपर्ने रकम नक्कली भरपाइ र किर्ते गरेर बुझाएको कागजात बनाउने गरेको पनि अध्यक्षले रेकर्ड भेटेपछि फागुन १८ गते समितिले प्रअ थापालाई पदबाट हटाएको थियो । त्यसअघि पटक पटक स्पष्टीकरण समेत सोधेकोमा चित्तबुझ्दो उत्तर नआएपछि पदबाट हटाएकोमा ढोरपाटन नगरपालिकाले निर्णय उल्ट्याइदिएको हो ।

समितिले कारवाही गर्दा नगरपरिषद्ले पास गरेको ऐन अनुसार गरेकोमा नगरपालिकाले उक्त ऐन राजपत्रमा प्रकाशित नभएकोले कार्यान्वयन नभएको भन्दै यसअघि २०७५ सालको नियमावलीकै आधारमा काम गरिरहेकोले प्रअलाई हटाउन नमिलेको पत्र पठाएको हो ।

कावा नगरप्रमुख धनबहादुर कायतले हस्ताक्षर गरेको पत्रमा थापाको पुर्नबहाली गर्न भनिएको छ । ‘तत्काल वार्षिक परीक्षा आउन लागेकोले विद्यार्थीको पढाइमा असर पर्ने भएकोले कारवाही नगर्नु’ भन्ने पत्रमा उल्लेख छ । साथै, कानूनत नमिलेको समेत पत्रमा उल्लेख छ । प्रअ थापाको गतिविधि र पटक पटकको स्पष्टीकरणले कारवाही गर्न पाउने अध्यक्ष तेजिन्द्र थापाले जिकिर गरे । पूर्व प्रअ अमरबहादुर बुढासहित उनले पत्रकार सम्मेलन गरेर कागजात पेश गरेका थिए । पहिला खाली रहेको हाजिरकापीमा फेरी हाजिर गरेर तलब खाएको समेत उनले बताए ।

‘झण्डै १ सय १५ दिन अनुपस्थित भएर पनि तलब खानु भएको छ, त्यो सरासर गलत छ, तर नगरपालिकाले हामीलाई नै कमजोर बनायो’ उनले भने, ‘नियमाबली र ऐनमा उल्लेख भएका शर्त पालना गर्नुपर्ने निकायले नै कानून उल्लंघन गरेको छ ।’ नगर शिक्षा अधिकारी गणेशबहादुर रावलले हटाउने कुरामा प्रक्रिया नपुगेको बताए ।

रावलले कानूनी प्रावधान पु¥याउन विधि रहेको उनले बताए । ‘शिक्षा नियमावलीले नगर शिक्षा अधिकारीको प्रतिवेदनको आधारमा हटाउने कुरा छ, त्यसैले शिक्षा समितिले मानेन’ उनले भने, ‘भोली मुद्दा लाग्ने काम हामीले गर्न सक्दैनौं ।’ कारवाही गर्ने अधिकार छ भन्दैमा केही सोच विचार पनि गर्नुपर्ने उनले बताए ।

Untitled design 14 https://newskhari.com/storage/2025/03/Untitled-design-14.jpg

शैक्षिक सत्रको शुरुमा प्रअ माग गरेर सूचना निकालेर फेर्न सकिने बताए । रावलले बिद्यार्थीको भविष्य बर्बाद पार्ने गरी केही नगर्न सुझाव पनि दिएको बताए । प्रअ थापाले यसअघि छात्रवृत्तिलकाे रकम अनियमितता गरेकाे भन्दै अख्तियारले कारबाही गरेकाे थियाे ।

याे पनि पढ्नुहाेस्

छात्रवृत्तिलगायतको रकममा अनियमितता : विद्या विकास माविकी प्रअविरुद्ध अख्तियारमा उजुरी !

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित