सुदूरपश्चिमका सभामुखका पीएसओको दुर्घटनामा मृत्यु

कैलाली । सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीका निजी सुरक्षा गार्ड (पीएसओ) को सवारी दुर्घटनामा मृत्यु भएको छ ।

बझाङको मस्टा गाउँपालिका-७ घर भएका ३४ वर्षीय सई योगेन्द्रबहादुर बोहराको स्कुटर दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनी लामो समयदेखि सभामुखका अंगरक्षक थिए ।

सोमबार धनगढी-अत्तरिया ६ लेन सडकअन्तर्गत गोदावरी नगरपालिका- २ मा बोहरा सवार सुप.प्र. ०१–००९ प ३४२९ नम्बरको स्कुटर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कैलालीका इन्स्पेक्टर दर्शन खड्काले जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित