ब्राजिलियन डीजे एलोक ‘एलओडी’मा आउँदै

काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् । शुक्रबार अर्थात् मार्च ७ मा ठमेलस्थित एलओडी क्लबमा उनले आफ्नो प्रस्तुती दिने भएका हुन् ।
उनी विश्वकै उत्कृष्ट डिजे र्‍याङ्किको चौथो नम्बरमा परेका कलाकार हुन् । विश्वभरमा सय जना उत्कृष्ट डिजे रहने गरेका छन् ।

सोही दिनको क्लबले २ हजार र ३ हजार रुपैयाँ टिकट राखिएको क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए । उनका अनुसार दर्शकले खल्ती एपबाट टिकट खरिद गर्न सक्ने छन् । डान्स फ्लोरको २ हजार र भीआइपीको ३ हजार रुपैयाँ राखिएको छ। क्लबले अर्ली अग्रिम टिकट बिक्री भइसकेको छ ।

क्लबले सोही दिन विभिन्न प्याकेजमा टेबल बिक्री गर्ने भएको छ । टेबल प्याकेज ३० हजारदेखि डेढ लाख रुपैयाँसम्मको मूल्य तय गरेको छ ।

यसअघि पनि एलओडीमा बलिउडका नेहा कक्कर, अर्मान मल्लिक र इण्डियन आइडल पवनदीप लगायतका कलाकारले प्रस्तुति दिइसका छन् । त्यसैगरी, टिम्मी ट्रम्पेट, टोपीक, स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका कलाकारले समेत प्रस्तुति दिइसकेका छन् ।

एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ४९,५२ र ५० औँ स्थानमा परिसकेको क्लब हो । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२४ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी क्लबले ५० औँ स्थानमा राखेको हो । सन् २०२५ को लागि क्लब नोमिनेसनमा परिसकेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित