यौन प्रस्ताव अस्वीकार गर्दा ढुंगाले हानेर हत्या

रूपन्देही । दाङको लमही नगरपालिका-७ की संगिता चौधरीको हत्या गरेको आरोपमा एक जनालाई रूपन्देही प्रहरीले ९ दिनपछि पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीका अनुसार चौधरीको हत्या आरोपमा तिलोत्तमा नगरपालिका-१२ का अजय भनिने ४२ वर्षीय अमिरिका थारू नौ दिनपछि पक्राउ परेका हुन्।

बुटवल उपमहानगरपालिका-११ कालिकापथमा साथीहरूसँग बसेर ज्याला मजदुरी गर्दै आएकी चौधरीको शव गत फागुन ८ गते रूपन्देहीको सियारीस्थित बेथरी सडकखण्डको किनारमा फेला परेको थियो। उनको टाउको र अनुहारमा ढुंगा प्रहार गरी नचिनिने गरि हत्या गरी सडक किनारमा परालको थुप्रोले ढाकेको अवस्थामा शव भेटिएको थियो।

प्रहरीले शव फेला परेपछि तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरेको थियो सोही क्रममा थारूलाई गत १६ गते पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक चौधरी र पक्राउ परेका थारू दुबैजना सँगै मजदुरी गर्थे।

घटना भएको दिन दुवैजनाले मादक पदार्थ सेवन गरेको र अमिरिकाले संगितालाई यौन प्रस्ताव राखेका थिए। अनुसन्धानमा यौन प्रस्ताव अस्वीकार गर्दा ढुंगाले हानेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएका दुई थान ढुंगा, मृतकले प्रयोग गर्ने मोवाईल, कालो टोपी, चप्पल लगायत बरामद गरेको थियो।

त्यस्तै, पक्राउ परेका अमिरिकाको साथबाट वारदातको समयमा लगाएको कालो जिन्स पाइन्ट र मृतकले प्रयोग गरेको साइकल बरामद गरेको छ।

पक्राउ परेका थारूलाई जिल्ला अदालत रूपन्देहीबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित