सहायक हवलदारसहित १० प्रहरी एक महिनादेखि सम्पर्कविहीन

काठमाडौं । नेपाल प्रहरीको एकजना सहायक हवलदारसहित १० जना प्रहरी कर्मचारी एक महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

कार्यालयले माघदेखि सम्पर्कविहीन रहेका १० जना प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन अनुरोध गरेर आइतबार सूचना जारी गरेको छ।

गैरहाजिर हुने सहायक हवलदारमा गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत कृष्ण कार्की छन्।

त्यस्तै प्रहरी जवानहरू रन्जित श्रेष्ठ, खिमबहादुर केसी, विनम ज्ञाङमी, अस्मी तामाङ, प्रज्वल घर्तिमगर, शम्शेर घर्तीमगर, रेशम पुन, कृष्ण विक र प्रहरी कार्यालय सहयोगी जनक बहादुर गाईन छन्। उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

police 1740275535 1 https://newskhari.com/storage/2023/02/police2020-12-01-07-11-42.jpeg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित