काठमाडौं । बढुवा भएका ७५ जना डीएसपीहरुको पदस्थापन गरिएको छ । गृहसचिव गोकर्णमणी दुवाडीले डीएसपीहरको पदस्थापन गर्ने निर्णय गरेका हुन् । नवनियुक्त डीएसपी राजकुमार सिंहलाई कार्य विभागमा पदस्थापन गरिएको छ ।
योगराज खतिवडालाई जिल्ला प्रहरी कार्यालय सुनसरी, दिवशबहादुर जिसीलाई सीआईबी, हिमा थोकरलाई अपराध अनुसन्धान विभाग र शैलेन्द्रकुमार भट्टलाई कर्णाली प्रदेशमा पदस्थापन गरेर जिल्ला प्रहरी परिसर काठमाडौंमा काज सरुवा गरिएको छ । हरिबहादुर बस्नेतलाई प्रधान कार्यालयस्थित सुपरिवेक्षण तथा अनुगमन शाखामा पदस्थापन गरिएको छ ।






















