रविविरुद्ध मुद्दा दर्ता भएलगत्तै सरकारी वकिल लुइँटेल काठमाडाैं तानिए

काठमाडौं । सहारा सहकारीको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भए लगत्तै चितवनका जिल्ला न्यायाधीवक्ताको सरुवा भएको छ ।

मंगलबार लामिछानेसहित २० जनालाई ठगी र १२ जनालाई संगठित अपराधमा चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । उक्त मुद्दामा प्रहरी प्रतिवेदनले लामिछानेलाई संगठित अपराध र ठगी दुवै मुद्दा लगाउन सुझाव दिएको थियो ।

तर, जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलले लामिछाने एउटा मात्रै संस्थामा आबद्ध देखिएकोले कानुनले व्याख्या गरेको संगठित अपराधको परिभाषाभित्र उनको अपराध नदेखिने निर्र्केल गरी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको थियो । यद्यपि लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कमा आबद्ध तीन जना भने गोर्खा मिडिया बाहेक अन्य संस्थामा पनि आबद्ध रहेको देखिएकोले उनीहरूलाई संगठित अपराधमा मुद्दा दर्ता गरिएको थियो ।

लुइँटेलले मुद्दा दर्ता भएको केही बेरमा नै महान्यायाधीवक्ताको आदेशमा काठमाडौं तानिएको हो । उनलाई महान्यायाधीवक्ताको कार्यालयमा तान्नेगरि सरुवा गरिएको पत्र हिजै पठाइएको स्रोतले जानकारी दियो । सरुवाको पत्र प्राप्त भए लगत्तै रवि लामिछानेसहितको ठगी तथा संगठित अपराधको मुद्दामा उनले बहस नगर्ने भएका छन् ।

स्रोतका अनुसार आज बिहानै जिल्ला न्यायाधीवक्ता लुइँटेलले चितवन छोडिसकेका छन् ।

लुइँटेल काठमाडौं तानिए लगत्तै आजै चितवनमा उच्च सरकारी वकिल कार्यालय बुटवलका उप न्यायाधीवक्ता रवि न्यौपाने हाजिर हुने भएका छन् । उनलाई बुटवलबाट चितवन पठाउने हिजै निर्णय गरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित