स्वीस सिंगापुरलाई दिइयो ५० हजार टन मलको ठेक्का

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले ५० हजार टन मल आयात गर्ने ठेक्का स्वीस सिंगापुरलाई दिएको छ । कम्पनीले ग्लोबल टेन्डर आह्वान गरेर २० हजार टन डीएपी र ३० हजार मेट्रिक टन युरिया गरी ५० हजार मेट्रिक टनको ठेक्का कम्पनीलाई दिएको हो ।

कम्पनीका अनुसार तीनवटा कम्पनीले बोलपत्रमा सहभागी भएकामा स्विस सिङ्गापुर कम्पनी छनोट भएको  हो । मल आयातका लागि अर्थ मन्त्रालयबाट १६ अर्ब रुपियाँ सुनिश्चित भइसकेको छ । एक महिनाभित्र मल आयात गरिसक्ने भएकाले हिउँदेबालीका लाथि मल अभाव नहुने कम्पनीको दाबी छ। हिउँदमा खासगरि गहुँ, मकै, आलु, तरकारी लगाइन्छ । यस वर्ष कृषि सामग्री कम्पनीले १० अर्ब ५० करोड रुपैयाँ बराबरको एक लाख ३० हजार टन मल आयात गरिसकेको छ । कम्पनीसँग हाल ३० हजार मेट्रिक टन युरिया र १८ हजार पाँच सय टन डीएपी मौज्दात छ ।

मल खरिद गर्न कृषि मन्त्रालयले चालू आर्थिक वर्षको बजेटमा १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । थप १६ अर्ब रुपैयाँ स्रोत अर्थ मन्त्रालयले सुरक्षित गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मल खरिदका लागि ३१ अर्ब रुपैयाँ बजेट सुनिश्चित हुँदा यसले तीन लाख २४ हजार पाँच सय मेट्रिक टन रासायनिक मल खरिद गर्न पुग्ने अुनमान छ। यो वर्ष अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले पनि बढी परिमाण खरिद गरिने मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल युरिया प्रति टन ७५० डलर र डीएपी प्रति टन ८५० डलर छ ।

नेपाल र भारतबीच सरकार–सरकारबीच (जीटूजी) भएको सम्झौताअनुसार ३० हजार टन रासायनिक मल अर्को साता आउने भएको छ । मल खरिद गर्न तीन अर्ब २६ करोड रुपैयाँ भारत पठाइसकेको छ । भारतले  जीटूजीमार्फत  नेपाललाई  वार्षिक  कम्तीमा एक लाख टन युरिया तथा ५० हजार टन डीएपी मल उपलब्ध गराउने गरी गत वर्ष फागुन दोस्रो साता समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार पहिलो चरणमा ३० हजार मेट्रिक टन रासायनिक मल आउन लागेको हो । जीटुजीमार्फत दोस्रो वर्षमा एक लाख  ७० हजार टन, तेस्रो वर्षमा एक लाख ९५ हजार टन, चौथो तथा पाँचौँ वर्षमा दुई लाख १० हजार टन रासायनिक मल उपलब्ध गराउने सम्झौता भएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित