आज पश्चिम नेपालमा हिउँदे वर्षा हुने

काठमाडौं । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । तराईलगायत पहाडी भू-भागका केही स्थानमा हुस्सुरकुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस वर्षको दोस्रो हिउँदे वर्षा आज रातिदेखि हुने सम्भावना छ। मौसमविद् विनोद पोखरेलले दोस्रो हिउँदे वर्षा सोमबार रातिदेखि मंगलबारसम्म पश्चिम नेपालमा हुने सम्भावना रहेको बताए । यो वर्षा पनि हल्का हुने र मुख्यतया पहाडी र हिमाली भेगमा मात्र हुने सम्भावना रहेको उनको भनाइ छ।

‘कर्णालीमा राम्रो वर्षा र सुदूरपश्चिममा हल्का वर्षा हुने देखिए पनि अन्य प्रदेशमा भने छिटपुट वर्षा र बदली मात्र हुनेछ,’ उनले भनेका छन्।

मौसम पूर्वानुमान महाशाखाको नियमित बुलेटिनमा सोमबार हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उल्लेख छ । पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित