प्रधानमन्त्री ओली अमेरिका जाँदा राज्यको ४ करोड २९ लाख खर्च

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणका क्रममा राज्य कोषबाट ४ करोड २९ लाख रुपैयाँ खर्च भएको छ ।

अर्थ मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसङ्घको ७९ महासभामा भाग लिन प्रधानमन्त्री ओलीको नेतृत्वमा अमेरिका भ्रमणमा गएको उच्चस्तरीय टोलीले राज्य कोषबाट ४ करोड२९ लाख ५८ हजार ८३७ खर्च गरेको हुन् ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा गत असोज ४ देखी १४ गतेसम्म ३० सदस्यीय टोली अमेरिका भ्रमणमा भएको थियो ।

ओली संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली गत असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्क गएका थिए । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किएका थिए ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित महासभामा सहभागी भएको भ्रमण टोलीको खर्च थप बजेट निकासा मार्फत गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

‘नियमित शीर्षकमा बजेट विनियोजन गरिएको थिएन,’अर्थ मन्त्रालयका अधिकारीले भने, ‘नियमित शीर्षकमा बजेट नहुँदा थप बजेट निकासा गर्ने गरिएको छ ।’

परराष्ट्र मन्त्रालयले नियमित हुने विदेश भ्रमणका लागी पर्याप्त बजेट नछुटाउँदा थप बजेट निकासा गर्दै भुक्तानी गर्नु परेको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित