४ सहायक सीडीओसहित गृह मन्त्रालयका १२ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले ४ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित मन्त्रालय अन्तर्गत कार्यरत १२ जना उपसचिवको सरुवा गरेको छ ।

मन्त्रालयले बुधबार साँझ सरुवा गर्ने निर्णय गरे पनि सरुवा भएकाको सूची बिहीबार साँझ मात्रै सार्वजनिक गरेको हो ।

सार्वजनिक सूची अनुसार ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला र धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको मन्त्रालयमा सरुवा भएको छ भने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेको कारागार कार्यालय झुम्का, सुनसरीमा सरुवा भएको छ ।

त्यस्तै, गृह मन्त्रालयका उपसचिव चिरञ्जीवी भण्डारीलाई भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने मन्त्रालयका उपसचिव गीता घिमिरेलाई ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

यस्तै कारागार कार्यालय झुम्काका कारागार प्रशासक ध्रुवप्रसाद कोइरालालाई धनुषाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने मन्त्रालयका उपसचिव खगेन्द्र सुवेदीलाई धनकुटाको सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ ।

यस्तै मन्त्रालयका उपसचिव चूडामणि शर्मालाई चितवनको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ भने उपसचिव चेतराज बराललाई सिराहाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

यस्तै केन्द्रीय कारागार कार्यालय, जगन्नाथ देवल, काठमाडौंका कारागार प्रशासक कृष्णबहादुर कटुवाललाई गृह मन्त्रालय सरुवा गरेर मन्त्रालयका उपसचिव अञ्जन न्यौपानेलाई जगन्नाथ देवल पठाइएको छ ।

saruwa https://newskhari.com/storage/2023/08/ed51ca37-f08e-46ca-83f2-6e5229af93f0.jpeg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित