प्यूठानमा सकियो मतगणना, एमालेका सूर्य थापा निर्वाचित

प्यूठान । एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । अन्तिम मत परिणामअनुसार नेकपा (एमाले) प्रतिनिधिसभा र प्रदेशसभा १ मा विजयी भएको छ ।

निर्वाचन कार्यालयले प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम सुनाउँदै प्रतिनिधिसभामा एमालेका सूर्य थापा ४१ हजार एक सय १८ मत ल्याई विजयी भएको घोषणा गरेको छ । उनका प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी राजमोकी उपाध्यक्ष दुर्गा पौडेलले ३५ हजार आठ सय १४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत देवप्रसाद योगीले जानकारी दिए। नेकपा (एमाले) पोलिटब्यूरो सदयसमेत रहेका थापाले पाँच हजार दुई सय ७४ मतान्तरले जित हासिल गरेका हुन् ।

यस्तै प्रदेशसभातर्फ प्रदेशसभा १ मा एमालेकै तुल्सीराम शर्मा विजयी भएका छन्। उनले २० हजार दुई सय १० मत ल्याई विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्णकुमार अधिकारीले १७ हजार छ सय २७ मत ल्याएका छन् । अधिकारी पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए। उनी एमालेका उम्मेदवार शर्मासँग दुई हजार पाँच सय ८३ मतान्तरले पराजित भएका हुन् ।

यसैगरी  प्रदेशसभा २ मा नेपाली कांग्रेसका सरोज थापा (रोज राणा) विजयी भएका छन् । उनले २२ हजार पाँच सय १८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका हरि रिजालले २० हजार आठ सय सात मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका राणाले प्रतिद्वन्द्वी उम्मेदवार एमालेका रिजाललाई  एक हजार सात सय ११ मतान्तरले पराजित गरेका हुन् ।

एक लाख ५९ हजार सात सय ६० कूल मतदाता रहेको प्यूठानमा जम्मा ८८ हजार ४७ अर्थात् ५५ दशवलव ११ प्रतिशत मत खसेको थियो । एउटा मात्र प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको प्रदेशसभा १ मा ४० हजार नौ सय आठ मत खसेको हो । प्रदेशसभा २ मा भने ४७ हजार एक सय ३९ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित