बागलुङ । बागलुङ २ को प्रदेश ‘ख’ मा कांग्रेसका दोर्ण कुँवर विजयी भएका छन् ।
गठबन्धनका उम्मेदवार कांग्रेसका कुँवरले १२ हजार ४०८ मतसहित विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मण पुनलाई ३ हजार ७३७ मतले पराजित गरेका हुन् । पुनले ८ हजार ६७१ मत प्राप्त गरेका हुन् ।
कूल एक लाख ९२ हजार दुई सय २७ मतदाता रहेको यस जिल्लामा एक लाख दुई हजार नौ सय ६३ मत खसेको थियो ।





































