काठमाडौं । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले राजीनामा दिएका छन्। उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसमक्ष राजीनामा दिएका हुन्।
‘विविध कारणले काम गर्न सकिएन। काम गर्न नसकेपछि छाडनुपर्छ भन्ने लाग्यो,’ उनले भने। डा लोहनी स्वास्थ्यमन्त्री पौडेलसँग पछिल्लो समय असन्तुष्ट थिए। मन्त्री पौडेल प्राविधिक तयारीको पक्षमा विचार नै नगरी भाषणबाजीमा लागेको भन्दै लोहनीले असन्तुष्टि जनाएका थिए।
उनलाई तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० मंसिर १३ गते बोर्डको अध्यक्ष नियुक्त गरेको थियो।



































