काठमाडौं उपत्यकाका तीन जनामा हैजा पुष्टि, एक जना अस्पतालबाट सम्पर्कबिहीन

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जनामा हैजा पुष्टि भएको छ । हैजा पुष्टि भएका तीन जनामध्ये एक जना सम्पर्कविहीन भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधी बसौलाले बताएका छन् ।

उनका अनुसार ललितपुरको गोदावरी नगरपालिका– १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका ४ बालकलाई हैजाको आशंकामा उपचारका लागि एक साता पहिला अस्पताल ल्याइएको थियो ।

उनीहरूमध्ये एक जना १६ वर्षीय बालक टेकु अस्पतालमा उपचाररत छन् । उनलाई बिहीबार डिस्चार्ज गर्ने तयारी गरिएको छ । यस्तै एक जनालाई पाटन अस्पतालमा रिफर गरिएको थियो । उनको उपचार जारी छ ।

टेकु अस्पतालमा उपचाररत अर्का २ जना भने भागेका छन् । उनीहरूमध्ये १ जनामा हैजा पुष्टि भएको छ भने अर्का एक जनाको रिपोर्ट आउन बाँकी रहेको बसौलाले बताए । हैजा पुष्टि भएका बालक सम्पर्कविहीन छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित