सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै दुई सांसदको दाबी पेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)कै दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि प्रदेश प्रमुखले तत्काल निर्णय नलिने भएका छन् ।

उनले कानुनी परामर्श गर्ने र आवश्यक परे सांसदहरुलाई भौतिक रुपमा उपस्थित गराएर सनाखत गर्ने बताएका छन् । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आइतबार साँझ ५ बजेसम्मको समय दिएका थिए ।

नाउपाका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस (१८) र एकीकृत समाजवादी (४) को समर्थनमा दावी पेश गरेका छन् । नाउपाकै कैलाश चौधरीले एमाले (१०), माओवादी केन्द्र (सभामुखसहित ११) र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

सुदूरपश्चिममा नाउपाका ६ सांसद छन् । रेमश चौधरी पक्षका चार सांसदले लक्ष्मणकिशोरलाई मुख्यमन्त्री बनाउने निर्णय गरेका थिए । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भने कैलाशलाई अघि सारेका हुन् । उनका पक्षमा २ सांसद छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित