काठमाडौं । कोशी प्रदेशमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरूको सनाखत सकिएको छ । उनको पक्षमा स्पष्ट बहुमत देखिएको छ । कांग्रेसका ८ र एमालेका ३९ गरी ४७ सांसदले कार्कीको पक्षमा हस्ताक्षर गरेका छन् ।
अब प्रदेश प्रमुखले कार्कीलाई संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्ने छन् ।
अर्कोतिर माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि ४७ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए । तर, उनले विद्रोह गरेका कांग्रेसका आठ सांसदलाई पनि जोडेका छन् । कोसीमा बहुमत पुर्याउन ४७ सदस्य आवश्यक पर्छ । आङ्बोलाई सर्मथन गरेका सांसदहरु हस्ताक्षर सनाखत गर्न नजाने भएका छन् ।