त्रिशुली बस दुर्घटनामा मृत्यु हुने सबैजनाको सनाखत (नामावलीसहित)

काठमाडौं । काठमाडौंबाट म्याग्दीको बेनी जादै गरेको बस धादिङस्थित गजुरीको चालिसेमा खस्दा मृत्यु भएका आठै जनाको सनाखत भएको छ ।

मृतकहरूमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ का १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका–८ का २० वर्षीय शुसिल रम्तेल र १६ वर्षीय सबिन रम्तेल, पर्वतको जलजला गाउँपालिका–६ का ४२ वर्षीय राधिका सापकोटा र पर्वतको धौलागिरी गाउँपालिका–५ का ७२ वर्षीय टेक बहादुर छन्त्याल रहेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान ११ बजे बस त्रिशुली नदीमा खसेको थियो । दुर्घटनाबाट १७ जनाको उद्धार गरिएको थियो, जसमध्ये ४ जनाको धादिङ अस्पतालमा र १३ जनालाई थप उपचारका लागि काठमाडौ लगिएको छ । उनीहरुको अहिले उपचार भइरहेको छ ।

बसमा २३ जना सवार रहेको बुझिएको छ । बस बिहान ७ बजे काठमाडौंबाट छुटेको थियो ।

प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस हिजो बिहान ११ बजे दुर्घटनामा परेको थियो । पृथ्वीराजमार्ग अन्तर्गतको गजुरीको छहरानजिक बस खस्दा ६ पुरुष र २ महिलाको मृत्यु भएको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित