काठमाडौं । भक्तपुर केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको पलाँसे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
मंगलबार साँझ ८ बजेर ४५ मिनेटमा सिन्धुपाल्चोकको ठूलोपाखर केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको ५ मिनेटपछि पुनः भक्तपुर केन्द्रबिन्दु भएर भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौं, भक्तपुर लगायतका जिल्लामा समेत भएको थियो।