दसैं अफर : कुन कम्पनीको मोटरसाइकल / स्कूटर कति मूल्य पर्छ ?

यसपालिको दशैंमा १ सय ५० सीसीभन्दा धेरै क्षमताका दुई पाङ्ग्रे सवारी साधन बजारमा निकै कम छ । सरकारले अर्थतन्त्रमा आएको समस्या समाधान तथा आयात निरुत्साहनका निम्ति केही समयदेखि १५० सीसीभन्दा बढी क्षमताका सवारीसाधन आयातमा रोक लगाएको छ ।

जसका कारण यसपालि ठूला क्षमताका मोटरसाइकल चढ्ने योजना बुनेर बसेकाहरूमध्ये धेरैको सपना अधुरै रहेको छ ।

ठूला क्षमताका मोटरसाइकल बिक्री गर्दै आएका विभिन्न कम्पनीहरूले सरकारले त्यस्ता मोटरसाइकलको आयात रोक्दा यसपालिको दशैं सुनसान बनेको बताएका छन् ।

सरकारले गत साउन १ गतेदेखि १५० सीसीभन्दा माथिका मोटरसाइकलको आयातमा प्रतिवन्ध लगाएको थियो । जुन अहिलेसम्म पनि जारी छ ।

आयात खुलाउनका लागि नाडा अटोमोबाइल्स एसोसिएसनले सरकारसँग पटक–पटक माग गरेपनि सरकारले आयात खुकुलो बनाएको छैन ।

जसको असर दशैंमा पर्न गएको अटोमोबाइल्स व्यवसायीहरूले बताएका छन् ।

दशैंलाई यी स्कूटर तथा बाइक

विभिन्न कम्पनीहरूले दशैंका लागि विभिन्न मोडलका एक सय ५० सीसीभन्दा कमका स्कूटर तथा मोटरसाइकल बिक्री गरिरहेका छन् ।

ठूला क्षमताका दुई पाङ्ग्रे सवारीसाधन किन्ने सोचेर बसिरहेकाहरू पनि दशैंमा उपलब्ध भएकामै चित्त बुझाउन बाध्य भएका छन् ।

व्यवसायीहरूका अनुसार, यसपटक दशैंका लागि मोटरसाइकल तथा स्कूटरको बूकिङ राम्रो भएको थियो । तर महामारीको रूप लिँदै गएको डेंगुको संक्रमणका कारण धेरैजसो बूकिङ अन्तिम समयमा आएर त्यसै रद्द हुने अवस्थामा पुगेको छ । विशेष गरी फुलपातीको दिनमा धेरै सवारी साधन बिक्री हुने अपेक्षामा व्यवसायीहरू बसेका छन् ।

फूलपाती अगाडिका दिनहरूमा पनि सवारीसाधन बिक्री भइरहे पनि फूलपातीको दिनमा भने विशेष किसिमले केही धेरै मात्रामा सवारीसाधन बिक्री हुने अपेक्षा व्यवसायीहरूको छ ।

अहिले बजारमा धेरै चलेका २ पाङ्ग्रे सवारीसाधनहरूमध्ये यहाँ केहीको उल्लेख गरिएको छ । दशैंमा खरिद गर्न चाहनेहरूका लागि यी मोटरसाइकल तथा स्कूटर उपयुक्त हुन सक्छन् ।

भेष्पा र अप्रिला

यसपटकको दशैंमा भेष्पाको लागि नेपालको आधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्सले दुई भेष्पा र अप्रिला ब्रान्डका २ स्कूटरहरू बजारमा बिक्री गरिरहेको छ । कम्पनीका सिनियर सेल्स म्यानेजर विभव कार्कीले यसपटकको दशैंमा विभिन्न अफरसहित अप्रिलाको स्ट्रोम १२५ र भेष्पाको एसएक्सएल १२५ बिक्री गरिरहेको जानकारी दिए ।

उनले दशैंका लागि फूलपातीका दिनसम्म स्कूटर बिक्री गरिने जानकारी दिए । उनका अनुसार, अहिले यी दुई मोडलमा धेरै बुकिङ भइरहेको छ । उनले भने, ‘यसपटक बजारमा मोटरसाइकलको जस्तै क्षमता भएका २ मोडलका स्कूटरहरू दशैंको अवसरमा बिक्री गरिरहेका छौं । ग्राहकहरूको आकर्षण र बुकिङ म्याक्सिमम भइरहेको छ ।’

उनका अनुसार, भेष्पाको एसएक्सएल १२५ को मूल्य ३ लाख ५५ हजार ९४६ रुपैयाँ रहेको छ । यस्तै अप्रिलाको स्ट्रोम १२५ को मूल्य २ लाख ७१ हजार ९ सय रुपैयाँ रहेको छ ।

हिरो

हिरो मोटरसाइकल तथा स्कूटरको नेपालका लागि आधिकारिक वितरक एनजीएम हिरोले दशैंलाई लक्षित गरी चैतमा सार्वजनिक गरेको हिरो एक्सप्लस ४ भी मोटरसाइकल बिक्री गरिरहेको छ ।

कम्पनीले यो मात्रै नभएर दशैंमा हिरोका जुनसुकै मोटरसाइकल तथा स्कूटरमा विशेष स्किमका साथ बिक्री गरिरहेको छ । कम्पनीले अहिले बिक्री गरिरहेको मोटरसाइकल तथा स्कूटरहरूमा हिरोको एक्सप्लस २०० ४ भी मोटरसाइकलको मूल्य ४ लाख ५२ हजार ५ सय रुपैयाँ, मेस्ट्रो ईडीजीई १२५ स्कूटरको २ लाख ६८ हजार रुपैयाँ मूल्य पर्छ ।

यस्तै २ लाख ३१ हजार रुपैयाँमा हिरोको सुपरस्प्लेन्डर मोटरसाइकल बजारमा उपलब्ध छ ।

बजाज

बजाजको नेपालका लागि आधिकारिक वितरक हंशराज हुलाशचन्द एण्ड कम्पनीले दशैंका लागि विशेष अफरका साथ विभिन्न किसिमका मोटरसाइकलहरू बिक्री गरिरहेको छ ।

कम्पनीले दशैंका लागि पल्सर ए२५०, पल्सर एनएस १६०, पल्सर एनएस १२५ लगायतका मोटरसाइकलहरू बिक्री गरिरहेको छ ।

बजारमा बजाजका १ लाख ९२ हजार ९ सय रुपैयाँदेखि ४ लाख ८९ हजार रुपैयाँसम्म मूल्यका मोटरसाइकलहरू उपलब्ध छन् ।

यामाहा

यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले यसपालिको दशैंमा विशेष गरी रेजेडआर १२५ एफआई स्कूटर बिक्री बढाइरहेको छ ।

कम्पनीले फूलपातीको दिनसम्मका लागि यस स्कूटरको बुकिङ राम्रो रहेको जनाएको छ । यस स्कूटर किन्न चाहने ग्राहकले २ लाख ६४ हजार ९ सय रुपैयाँ मूल्य तिर्नुपर्ने हुन्छ ।

यीबाहेक कम्पनीले आफ्ना मोटरसाइकल तथा स्कूटरको खरिदमा विशेष छुट तथा उपहार दिने योजना समेत सार्वजनिक गरेको छ । कम्पनीको मोटरसाइकल २ लाख ४६ हजार रुपैयाँदेखि ९ लाख २४ हजार ९ सय रुपैयाँसम्मको लागत पर्ने मोटरसाइकल बजारमा उपलब्ध छन् ।

टीभीएस

टीभीएसका लागि नेपालमा आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा दशैंका लागि विशेष गरी टीभीएस एनटर्क १२५ रेस एक्सपीको बिक्री गरिरहेको छ । कम्पनीले ३ लाख ५ हजार ९ सय रुपैयाँमा यो स्कूटर बिक्री गरिरहेको जनाएको छ ।

यस स्कूटरमा आरटी एफआई, बीएस–भीआई इञ्जिन दिइएको छ । यसबाहेक कम्पनीले अपाचे आरटीआर १६० ४ भी लगायतका मोटरसाइकल बिक्री गरिहेको छ ।

अफरको होडबाजी

चाडपर्वको अवसर पारेर अटोमोबाइल कम्पनीहरूले विभिन्न किसिमका योजना तथा अफरहरू सार्वजनिक गरेका छन् ।

असोज पहिलो सातादेखि नै कम्पनीहरूले अफरहरू सार्वजनिक गरेका हुन् । यी अफरहरू दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी सार्वजनिक गरिएको कम्पनीहरूले जनाएका छन् ।

चाडपर्वका लागि नेपालमा टीभीएसका दुई पाङ्ग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले चाडपर्व लक्षित ‘कायापलट’ योजना सञ्चालन गरिरहेको छ ।

यस योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कूटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन् ।

यो योजनामा नकिन्दै एक लाख र खरिद गरेपछि दस लाख रुपैयाँसम्म जित्ने मौका रहेको छ । साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार रु। ५० लाखको नगद पुरस्कार उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यस्तै नेपालका लागि यामाहाको आधिकारिक वितरक रहेको यामाहा नेपालले भदौ दोस्रो सातादेखि नै ‘यामाहा फेस्टिभ ह्याट्रिक’ नामक अफर ल्याएको छ ।

यस योजनाअन्तर्गत यामाहाको कुनै पनि बाइक वा स्कूटरमा खरिद गर्दा तत्कालै स्योर शट उपहारमा ६ रुपैयाँ नगद जित्न सक्नेछन् । यीबाहेक अन्य कम्पनीहरूले पनि विभिन्न किसिमका आकर्षक अफरहरू दशैंका लागि सार्वजनिक गरेका छन्

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित