नेपाल बीमा प्राधिकरणले माग्यो १६ जना कर्मचारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले १६ जना जनशक्ति माग गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै प्रशासन र कानुन तर्फ सहायक निर्देशक र सहायक प्रथम गरि कुल १६ जना जनशक्ति माग गरेको हो।

प्राधिकरणले प्रशासनतर्फ अधिकृत तृतीय श्रेणीमा १० जना, कानुन तर्फ अधिकृत तृतीय श्रेणीमा २ जना, प्रशासनतर्फको सूचना प्रविधि अन्तर्गत अधिकृत तृतीयमा १ जना र प्रशासनतर्फको सहायक प्रथममा ३ जना गरि कुल १६ जना जनशक्ति माग गरेको हो । प्राधिकरणले इच्छुक तथा योग्य नेपाली नागरिकलाई फागुन २६ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत्र ३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ।

प्राधिकरणका अनुसार अधिकृत तृतीय श्रेणीका पदका लागि दरखास्त पेस गर्ने अन्तिम मितिसम्म २१ वर्ष पूरा भएको र ३५ वर्ष उमेर ननाघेको साथै महिला उम्मेदवारको हकमा ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।

त्यस्तै सहायक प्रथम पदका लागि दरखास्त पेस गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भएको र ३५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ साथै महिला उम्मेदवारको हकमा ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ। बीमा प्राधिकरणमा कार्यरत स्थायी कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित