पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको छ।

यसैगरी एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ वृद्धि भएको निगमले जनाएको छ । निगमका अनुसार बुधवार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य क्रमशः रु ४.५३ र रु २.३२ ले बढेर भएको छ । यसैगरी एलपी ग्यासको मूल्य पनि प्रति सिलिन्डर १५ रुपैयाँ ७८ पैसा बढेर आएको निगमले जनाएको छ ।

जसअनुसार अब काठमाडौंमा पेट्रोलको मूल्य १७० रुपैयाँ प्रतिलिटर कायम भएको छ । यसैगरी डिजेल तथा मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम हुँदा ग्यासको नयाँ मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ कायम भएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित