लागूऔषध प्रकरण : गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । निर्दोष व्यक्तिलाई फसाउन लागूऔषध राखिएको घटनाका योजनाकार भनिएका पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध पुर्जी जारी भएको छ। भारतीय नागरिकलाई योजनाबद्ध तरिकाले फसाउन लागूऔषध राखिएको विषय अनुसन्धानबाट पुष्टि भएपछि गुप्ताविरुद्ध नवलपरासी अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

गाउँपालिका अध्यक्ष गुप्ताको योजनामा भारतीय नागरिकद्वय रामा गुप्ता र जितेन्द्र पासवानलाई फसाउन लागुऔषध राखेर प्रहरीमार्फत् पक्राउ गराइएको पाइएको छ।

यी दुई भारतीयबाट असार २२ गते प्रहरीले २७० सेट डाइजेपाम, नुरर्फिन र फेनार्गनलगायतका लागुऔषध बरामद गरेको थियो।

तर, अनुसन्धानका क्रममा गुप्ताले योजनाबद्ध रुपमा फसाउन र एक करोड रुपैयाँभन्दा बढी हडप्ने उद्देश्यले घटनाको योजना बनाई फसाएको खुलेको छ। गुप्तासँगै उनको सहयोगीको रुपमा खटिएका पूर्वनगर प्रहरी रघुनाथ धोबी, विवेक पाण्डेलाई पनि प्रतिवादी बनाइएको पाइएको छ। धोबी भने यसअघि नै पक्राउ परेर प्रहरी हिरासतमै छन्।

उता असार २२ गते लागुऔषधसहित पक्राउ परेका भनिएका दुई निर्दोष भारतीय नागरिक पनि दुई महिना बित्दासम्म प्रहरी हिरासतमै छन्।

पक्राउ परेका दुई भारतीयले गाउँपालिका अध्यक्ष गुप्तासँग कवाडीको काम गर्दै आएको र नाफाको २० प्रतिशत रकम रामालाई दिने सहमति भएको थियो। तर, रामाले रकम भने पाएका थिएनन्।

जसवापत गाउँपालिका अध्यक्षबाट १ करोड ३३ लाख रुपैयाँ पाउनुपर्ने रामाको दाबी छ। सोही रकम हत्याउनका लागि योजनाबद्ध तरिकाले प्रहरी समेतको मिलेमतोमा रामा र उनका सहयोगीलाई गाउँपालिका अध्यक्षले फसाएको पाइएको छ।

गाउँपालिका अध्यक्ष गुप्ताको योजनामा नवलपरासीका एसपी ऋषिराम कँडलले पनि साथ दिएको हुनसक्ने भन्दै उनीमाथि पनि छानबिन भएको छ। नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी टेकप्रसाद राईले कँडेलमाथि छानबिन भइरहेको र छानबिन अहिले अन्तिम चरणमा पुगेको बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित