जनयुद्ध दिवसमा बिदा दिने सरकारी निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौं । सर्वोच्च अदालतले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक बिदा दिने सरकारी निर्णय बदर गर्ने फैसला गरेको छ।

सर्वोच्चले यो विवादमा अन्तिम फैसला सुनाउँदै सरकारको निर्णय गैरकानुनी ठहर गर्दै उत्प्रेषणको आदेशले बदर गरेको हो । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले रिट निवेदन जारी हुने फैसला सुनाएको हो।

द्वन्द्वकालमा पिता मारिएका माओवादी पीडित तथा अधिवक्ता रामेछापका ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले फागुन १ लाई जनयुद्ध दिवस मानेर सार्वजनिक बिदा दिने निर्णय बदर गरेको हो।

रिट निवेदकले माओवादीले युद्ध थालेको दिनलाई राष्ट्रिय दिवस मनाइँदा उनीहरुबाट मारिएका हजारौं द्वन्द्वपीडित र तीनका परिवारमाथि अन्याय हुने भन्दै सरकारको निर्णयलाई चुनौती दिएर २०८० असोजमा रिट दायर गरेका थिए।

सर्वोच्चको यो फैसलासगै प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डको जनयुद्ध दिवसमा विदा दिने निर्णय गैरकानुनी ठहर भएको छ। अब उक्त निर्णय कार्यान्वयन हुने छैन।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित