वैदेशिक रोजगार विभागले छान्यो बेलायत जाने ७१ जना नर्स (सूचीसहित)

काठमाडौं । वैदेशिक रोजगार विभागले रोजगारीका लागि बेलायत जाने ७१ जना नर्सको नाम छनोट गरेको छ।

नेपाल र बेलायतबीच नेपालबाट नर्स बेलायत लैजाने सहमति भएअनुसार अन्तरवार्ताका लागि ७१ जना नर्स छनोट भएका हुन्।

गएको साउनमा बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई रोजगारी दिनेसम्बन्धीमा जारी भएको सूचनाबमोजिम विभागको अनलाइन पोर्टलमार्फत ७७१ जना नर्सले आवेदन दिएका थिए।

विभागले तीमध्ये ७१ जनालाई अन्तरवार्ताका लागि छनोट गरिएको जनाएको छ। छनोट भएका नर्सहरूको अन्तरवार्ता यही मंसिर १८ गते हुने विभागले जनाएको छ।

बेलायतमा काम गर्न जान कम्तीमा २ वर्ष काम गरेको अनुभव र अङ्ग्रेजी भाषामा दक्खल भएको, कम्तीमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएनसरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने प्रावधान थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित