काठमाडाैं । माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्ने प्रशासनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जारी गरेको निषेधाज्ञाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पुगेको हो । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले रिट निवेदन आएको तथा दर्ताको प्रक्रियामै रहेको बताए ।
तर रिट निवेदक अधिवक्ता स्वागत नेपालका अनुसार रिट दर्ता भई भोलि असोज ६ गतेका लागि पेसी तोकिएको छ ।