काठमाडौं । नेकपा एमालेको युवा संघले मंसिर सात गतेका लागि माइतीघर मण्डलामा तय गरेको कार्यक्रमको स्थान परिवर्तन गरेको छ।
जिल्ला प्रशासन काठमाडौंले सोमबारदेखि एक महिनाका लागि माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको क्षेत्रमा भेला तथा सभा र प्रदर्शन गर्न निषेध गरेपछि युवासंघले कार्यक्रमस्थल परिवर्तन गरेको हो।
राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवेले सोमबार साँझ विज्ञप्ति जारी गर्दै कार्यक्रमको मिति पूर्वनिर्धारित अनुसार यथावत नै रहेको तर कार्यक्रमस्थल भने माइतीघर मण्डलाको साटो तीन कुनेमा सारिएको जानकारी दिएका छन्।