बिपी प्रतिष्ठानका १४० चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौं । मागप्रति सरकार अनुदार रहेको भन्दै सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत १४० जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

लामो समयदेखि रोकिएको वृत्ति विकासको माग गर्दै चिकित्सकहरू आन्दोलित हुँदै आएका छन् । सम्बन्धित निकायले मागको सुनुवाइ नगरेको भन्दै उनीहरू सरकारको ध्यानाकर्षण गराउन संघीय राजधानी काठमाडौंसमेत गएका थिए ।

प्रतिष्ठानका पदाधिकारीबाट मागको सुनुवाइ नभएपछि आन्दोलनरत १७७ जना चिकित्सकहरू स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई भेट्न काठमाडौं गएका थिए ।

काठमाडौं गएका १७७ जनामध्ये मन्त्री बस्नेत आफूहरूको मागप्रति अनुदार रहेको भन्दै असन्तुष्ट बनेका १४० जनाले सामूहिक राजीनामा दिएका हुन् ।

७ वर्षदेखि आफूहरूको बढुवा रोकिएको भन्दै चिकित्सकहरू आन्दोलित बनेका थिए । मागमा सुनुवाइ नभएपछि मन्त्री बस्नेतलाई मन्त्रालयमा भेटेर राजीनामा पत्र बुझाएको प्रतिष्ठानका सहप्राध्यापक डा। एसपी रिमालले जानकारी दिए ।

आफ्ना माग सुनुवाइ गराउन चिकित्सकहरूले केही समययता दबाबमूलक आन्दोलन गर्दै आएका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित