२४ घण्टामा १७४ जनामा डेंगु सङ्क्रमण पुष्टि

काठमाडौं । नेपालमा गएको २४ घण्टामा १७४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार थप १७४ जनामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै हाल देशभर ३५ हजार २२३ जनामा डेंगु सङ्क्रमित पुगेका छन् ।

आठ महिनाको अवधिमा ती सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ । यस्तै सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ ।
सङ्क्रमण देखिएका जिल्लामध्ये सबै धेरै सङ्क्रमित सुनसरी जिल्लामा छन् । सुनसरीमा १६ हजार ८० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै झापामा ३ हजार ५६२ सङ्क्रमित भएका छन् भने धादिङ जिल्लामा ३ हजार १२३ सङ्क्रमित छन् ।

तनहुँमा ३ हजार १२१ जना सङ्क्रमित भएका छन् भने मोरङमा २ हजार २७३ सङ्क्रमित भएका छन् । यस्तै, कास्की ७७२ जनामा पुष्टि हुँदा काठमाडौँमा ७६४ जना सङ्क्रमित भएको ईडीसीडीले जनाएको छ ।

उता सङ्खुवासभामा ५२६ जना सङ्क्रमण पुष्टि हुँदा कैलालीमा ४८० जनामा सङ्क्रमण भएको छ । धनकुटामा संक्रमितको संख्या ४४५ जना पुगेको छ ।

सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै २३ हजार ६७४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

त्यसपछि बाग्मती प्रदेशमा ४ हजार ७८० जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा ४ हजार ८१३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा १ हजार ४३, मधेस प्रदेशमा ५७९, लुम्बिनी प्रदेशमा ६३२ र कर्णाली प्रदेशमा १२१ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित