वीर अस्पतालका २७६ चिकित्सक र स्वास्थ्यकर्मी जागिरबाट निकालिए

काठमाडौं । वीर अस्पतालमा कोरोना महामारीका बेला नियुक्त गरिएका २७६ चिकित्सक र स्वास्थ्यकर्मी जागिरबाट निकालिएका छन् । अहिलेको आर्थिक अवस्थाले यो जनशक्ति नधान्ने भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले करार सेवा थप्न नसकिने निर्णय गरेको छ।

असोज २१ गतेबाट काममा नआउन चिकित्सक, स्वास्थ्यकर्मीलाई भनिएको छ। वीर अस्पताल स्रोतले दिएको जानकारी अनुसार २७६ मध्ये केहीले बीचमा आफैँ छाडिसकेका छन्। ५० डाक्टर, १६२ नर्स, ११ प्रयोगशाला प्राविधिक, ७ रेडियोलोजिस्ट लगायतलाई जागिरबाट निकालिएको छ।

अहिले हटाइएका स्वास्थ्यकर्मीहरू वीरलाई आवश्यक भएकै जनशक्ति रहेको न्याम्सका एक चिकित्सकले बताए ।

पहिलेको तुलनामा वीर अस्पतालको सेवा धेरै विस्तार गरिएको छ । करारमा रहेका यिनै कर्मचारीको बलमा सर्जिकल भवनमा सेवा विस्तार गरिएको थियो। पहिला जम्मा ३५० शैय्या रहेकोमा अहिले ९०० बनाइएको छ । इमर्जेन्सी, आइसीयू, अप्रेसन थिएटर, भीआइपी उपचार जस्ता सेवा बढाइएको छ।

यी करार कर्मचारी दरबन्दी भन्दा बाहिरका नरहेको दावी ती चिकित्सकको छ। सर्जिकल भवनमा सेवा विस्तार गर्नका लागि भन्दै स्वास्थ्य मन्त्रालयले न्याम्सका लागि थप ८३१ दरवन्दी स्वीकृत गरिसकेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित