आँखा पाक्ने रोगका कारण चितवनका विद्यालय बन्द

चितवन । चितवनमा आँखा पाक्ने रोगको संक्रमण फैलिन थालेपछि विद्यालयमा पठपाठन रोकिएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिकाले विद्यालयमा आँखा पाक्ने रोगको संक्रमण अत्यधिक हुन थालेपछि दुई दिन बिदा दिएको छ नगरपालिकाले आज एक सार्वजनिक सूचना जारी गरी आइतबार र सोमबार दुई दिन बिदा दिएको जनाएको हो । नगरपालिकाका नगर शिक्षा अधिकारी राजु बानियाँका अनुसार ४ जना विद्यार्थी आँखा पाक्ने संक्रमण लिएर विद्यालय पुग्दा बेलुकासम्म ४० जनामा फैलिने अवस्था आएकाले विद्यालयमा पठनपाठन बन्द गरिएको हो ।

जिल्लाभर अहिले सामुदायिक विद्यालयमा वर्खे बिदा चलिरहेको छ । संस्थागत विद्यालय र कलेजहरु सञ्जालनमा छन् । नगरपालिकाले आँखा पाक्ने रोग एकबाट अर्को व्यक्तिमा चाँडो फैलिने भएकाले एकैपटक धेरै विद्यार्थी विद्यालयमा रहँदा संक्रमणको दर ह्वात्तै बढ्नसक्ने जोखिम भएकाले विद्यालय बन्द गर्ने निर्णय गरेको नगर शिक्षा अधिकारी बानियाँले बताए ।

अहिले विशेषगरी बालबालिकामा फैलिएको आँखा पाक्ने रोग अर्थात् पिंक आई डिजिजलाई वर्षाको समयमा हुने आँखा रोग विशेषज्ञहरुले बताएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित