एजेन्सी । युइफए नेसन्स लिगमा नेदरल्याण्डस बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा इन्ज्युरी समयमा मेम्फिस डिपाए पेनाल्टी चुकेपछि नेदरल्याण्डस पोल्याण्डसँग २-२ को बराबरीमा रोकिएको हो ।
घरेलु टोली नेदरल्याण्डसको लागि डेभी क्लासेन र डेन्जेल डेम्फ्रेजले गोल गरे भने पोल्याण्डको लागि म्याटी कास र पिओटर जिलेन्स्कीले गोल गरे ।
खेलको १८औं मिनेटमा म्याटी कासले गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाएका थिए । ४९औं मिनेटमा पिओटर जिलेन्स्कीले गोल गर्दै पोल्याण्डको अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा २ गोलको अग्रता दिलाएको पोल्याण्डले जोगाउन सकेन । ५१औं मिनेटमा डेभी क्लासेनले गोल गर्दै एक गोल फर्काए ।
५४औं मिनेटमा डेन्जेल डम्फ्रेजले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा डिपाए पेनाल्टीमा चुक्दा नेदरल्याण्डस जितबाट वञ्चित बन्यो ।
यो बराबरीसँगै नेदरल्याण्स ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पोल्यान्ड ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । बेल्जियम ४ अंक जोडेर दोस्रो तथा वेल्स १ अंक जोडेर पुछारमा रहेको छ ।









































