दुई सातामै ‘कबड्डी–४’ले कमायो १८ करोड ७८ लाख!

काठमाडौं । अभिनेता दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर स्टारर् ‘कबड्डी–४’ले बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको छ । यो फिल्मले दुई सातामै १८ करोड ७८ लाख बढीको कलेक्शन गरेको छ । निर्माण पक्षका अनुसार फिल्मले १४ दिनमा काठमाडौं उपत्यकामा ९ करोड ९८ लाख र मोफसलमा ८ करोड ८० लाख बढीको कलेक्शन गरेको हो ।

शुक्रबार (आज)देखि तेस्रो सातामा प्रवेश गरेको यस फिल्मले चाँडैनै २० करोडको आँकडा पार गर्ने आँकलन गरिएको छ । जानकारी अनुसार फिल्मले मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सबाट मात्र ५ करोड ६३ लाख कलेक्शन गरेको छ, भने आईएनआईमा मात्र ३ करोड १० लाखको ब्यापार गरेको छ ।

मुलुकभर यो फिल्म डेढ सय बढी हलबाट दर्शकमाझ रिलिजमा आएको छ । ‘कबड्डी–४’ले नेपालमा मात्र नभई विदेशमा पनि उत्कृष्ट कमाइ गरिरहेको छ ।

निर्माण पक्षका अनुसार फिल्मले अमेरिकाबाट ४ करोड, जापानमा ७० लाख कलेक्शन गरिसकेको छ । त्यस्तै विदेशको राइट बिक्रीबापत निर्माताले २ करोड २१ लाख रुपैयाँ प्राप्त गरेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित