गर्भमा रहेको भ्रूणको लिंग पहिचान गर्न नपाइने सूचना टाँस्न दियो मन्त्रालयले निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भमा रहेको भ्रूणको लिंग पहिचान गर्नु कानुनीय हिसाबले दण्डनीय अपराध रहेको सूचना टाँस गर्न अस्पताल र स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ। मन्त्रालयले सचिवस्तरीय निर्णय गरेर मातहतका अस्पताललाई निर्देशन दिएको हो। जनसंख्यामा लैंगिक असमानता देखिन थालेको र विभेदपूर्ण लिंग छनौटको अन्त्यका लागि स्वास्थ्य संस्था एवम प्रयोगशाला परिसरमा सूचना टाँस्ने व्यवस्था गर्न निर्देशन दिएको मन्त्रालयले जानकारी दियो।

‘राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार जनसंख्यामा लैंगिक असमानता देखिन थालेको र राष्ट्रिय रणनीति २०७८–२०८८मा समेत विभेदपूर्ण लिङ्ग छनौटको अन्त्य गर्ने कार्यनीति तथा कार्ययोजना रहेको र मुलुकी अपराध संहिता २०७४ को दफा १८८ को उपदफा ७ / ८ मा एवं सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १७ मा समेत गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनतः दण्डनीय अपराध मानेको हुँदा स्वास्थ्य संस्थाहरूमा त्यस्ता गतिविधि नहुने वातावरण तयार गर्न अनिवार्य सूचना टाँस गर्नुपर्ने छ,’ मन्त्रालयले निकालेको सूचनामा भनिएको छ।

त्यस्ता केन्द्रमा ‘कसैले गर्भमा रहेको भ्रूणको लिंग पहिचान हुने कुनै कार्य गर्न र गराउन हुँदैन, यदि सो कार्य गरे वा गराएमा ३ महिनादेखि १ वर्षसम्म कैद सजाय हुनेछ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित