भीमफेदी दुर्घटना : घाइते चार जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइयो

मकवानपुर । मकवानपुरको भीमफेदीमा स्कारपियो दुर्घटनामा परेर घाइते भएका चार जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ।

नेपाली सेनाको हेलिकप्टरमार्फत उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, दुर्घटनामा घाइते भएका रजिस्ट्रार तारादत्त बडुकी श्रीमती लक्ष्मी बडु, छोरा रितेन्द्र बडु र दिदी रिता बडुलाई काठमाडौँस्थित छाउनी अस्पताल लगिएको हो।

आज बिहान ९ः१५ बजे उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए।

घाइतेमध्ये लक्ष्मी बडुको अवस्था गम्भीर रहेको छ भने गोकर्ण डाँगी, रितेन्द्र बडु र रिता बडुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

डीएसपी काफ्लेका अनुसार यसअघि बिहान ९ बजे स्कारपियो चालक दाङ राप्ती नगरपालिका–८ का ३२ वर्षीय छुनिलाल चौधरी र रजिष्ट्रार तारादत्त बडुलाई थप उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ।

मंगलबार ९आज० बिहान काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो भीमफेदी गाउँपालिका–६ जुरीखेतमा अनियन्त्रित भई सडकबाट करिब ५०र६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित