बालुवाटारमा रवि–बालेनबिच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबिच करिब ५० मिनेट छलफल भएको हो।

रवि र बालेनबिच पछिल्लो पटक दूरी बढ्न थालेको संकेतमाझ सभापति लामिछाने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् । उनीहरूबिच पार्टी र सरकारबिच समन्वयका विषयमा कुराकानी केन्द्रित भएको रविनिकट एक नेताले जानकारी दिए।

पछिल्लो समय अनेकौँ मुद्दामा बालेन र रविबिच समस्या देखिँदै आएको छ। रवि पक्षले बालेन सचिवालयको घेरामा सीमित रहेको आरोप लगाइरहेको छ। रविनिकट सांसदहरूले संसदमा प्रधानमन्त्री तथा सरकारको चर्को आलोचना गरिरहेका छन्।

खासगरी जनजीविकाको सवालमा सरकारले ठिकसँग काम गर्न नसकेको उनीहरूको भनाइ छ। सभापति रवि लामिछानेले नै सरकारले गडबडी गरे कानमा समातेर ट्रयाकमा ल्याउने अभिव्यक्ति दिएका छन्।

उता बालेन पक्ष भने रास्वपाकै सांसदहरूले सरकारको आलोचना गरेका कारण रुष्ट छ। गत शुक्रबार राति प्रधानमन्त्री बालेनले फेसबुकमा ‘एक्लिएको’ संकेत गरेका थिए। त्यसैले उनीहरूको पछिल्लो भेटलाई बढ्दो तिक्तता मेट्ने प्रयासका रुपमा हेरिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित