भारतीय सेना प्रमुख धिरज सेठ नेपाल आउँदै

काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका छन् । उच्च सरकारी स्रोतका अनुसार उनी अगस्ट १६ मा नेपाल आउने तयारी छ । उनी २०२६ को जुन ३० मा भारतको प्रधानसेनापतिको रुपमा पद सम्हालेका थिए ।

भारतीय प्रधानसेनापति नेपाली सेनाको पनि मानार्थ प्रधानसेनापति हुने चलन छ । नेपालका प्रधान सेनापति र भारतका प्रधानसेनापति नियुक्त भएपछि एक अर्का देशमा जाने चलन पनि छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि शिष्टाचार भेट गर्ने संभावना छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्ताव पठाइएको भए पनि भेट हुने नहुने निश्चित चाहिँ छैन । नेपाल र भारतीय सेनाबीच निकै ऐतिहासिक सम्बन्ध छ । करिब ७५ वर्षदेखि यी दुई देशका सेनाबीच मानार्थ महारथीको दर्जा दिने चलन समेत रहँदै आएको छ ।

सन् १९५० देखि मानार्थ महारथी दिने चलन रहेको सैनिक मुख्यालय जङ्गी अड्डाले बताएको छ । नेपाली सेनाका बहालवाला प्रधानसेनापति अशोकराज सिग्देलले समेत भारतीय सेनाको मानार्थ महारथी दर्जा प्राप्त गरिसकेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित