अप्ठेरोमा परेकालाई घरमा ग्यास पुर्याउनेः प्रजिअ

चितवन । चितवन जिल्ला प्रशासनले अप्ठेरोमा परेकालाई खाना पकाउने ग्यास अभाव भएमा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा खबर गर्न सर्वसाधारण लाई आग्रह गरेको छ ।

एकल महिला, वृद्ध, अपाङ्ग, छात्रावासका विद्यार्थी, आश्रम तथा अत्यावश्यक ठाउँमा ग्यास उद्योगीले डिलर हुँदै सब डिलरमार्फत अप्ठेरोमा परेका व्यक्तिका घरमा खाना पकाउने (एलपी) ग्यास पु¥याउने व्यवस्था मिलाएको छ । आज जिल्ला प्रशासन कार्यालय र ग्यास उद्योगी तथा डिलरसँगको छलफलपछि उक्त व्यवस्था मिलाइएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अशक्त र अपाङ्गले ग्यास नपाएको खबर प्राप्त भएमा घरमा नै ग्यास पठाउने व्यवस्था गरिएको जानकारी दिए । व्यक्ति विशेषले समेत ग्यास नपाएमा टोल फ्री नम्बरमा फोन गर्न प्रशासनले अनुरोध गरेको छ ।

जिल्लामा बाबा, साइबाबा र नेपाल ग्यास उद्योग छ । गैँडाकोटमा रहेको जानकी ग्यासको बजार क्षेत्र चितवन हो । चारै उद्योगका सञ्चालकले पहिलेको तुलनामा ग्यास अभाव नहुने जानकारी दिएका छन् । बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले पहिलेको तुलनामा पर्याप्त ग्यास आएकाले बजारमा अभाव नहुने जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित