बैंककको बारमा आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

बैंकक । थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ।

थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चानविराकुलले घटनास्थलमा सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार आगो सल्किएको उक्त भवनबाट २७ वटा शव निकालिएको छ भने अन्य घाइतेहरूलाई अस्पताल लगिएको छ। आइतबार मध्यरातपछि अग्निनियन्त्रकहरू घटनास्थलमा पुग्दा ग्राहकहरू आगोको चपेटामा परेको मुख्य ढोकाबाट भागिरहेका थिए। सामाजिक सञ्जाल एक्समा सार्वजनिक भएका भिडियोहरूमा बारबाट आगोको लप्का निस्किएको र मानिसहरू चिच्याउँदै भागिरहेको देखिन्छ।

भागदौडका क्रममा केही मानिस लडेका छन् भने कम्तीमा दुई जनाको शरीरमा आगो सल्किएको स्पष्ट देखिन्छ। अग्निनियन्त्रकहरूले करिब आधा घण्टामा आगो नियन्त्रणमा लिए पनि त्यतिन्जेलसम्म ठुलो क्षति भइसकेको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार ज्यान गुमाउने २७ जनामा नौ पुरुष र १८ महिला छन्।

अस्पतालमा ६० भन्दा बढी व्यक्तिको उपचार भइरहेको छ भने केही मानिस अझै बेपत्ता रहेको थाइ सञ्चारमाध्यम थाइराथले जनाएको छ। आगो लाग्ने बित्तिकै भवनको पछाडि भागेर शौचालयमा लुक्न खोज्दा धेरैको निसास्सिएर मृत्यु भएको प्रधानमन्त्रीले बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित