काठमाडौं । बिहीबारको मन्त्रिपरिषद् बैठकले विभिन्न ८ वटा मुख्य निर्णयहरू गरेको छ। निर्णयहरू सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन्।
यी हुन् सरकारले गरेका मुख्य निर्णयहरूः
१. काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्य, काठमाडौँलाई नियुक्त गर्ने।
२.गेटा अस्पताल, कैलालीलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने।
३. विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गर्ने।
४. शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा ९सञ्चालन र व्यवस्थापन० नियमावली, २०८३ स्वीकृत गर्ने।
५. कारागार नियमावली, २०८३ स्वीकृत गर्ने।
६.मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (२०८३/०८४-२०८७/८८० स्वीकृत गर्ने।
७. भ्रष्टाचारविरूद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना २०८२/८३/२०८७/८८० स्वीकृत गर्ने ।
८. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने।
































