यी स्थानमा आकस्मिक बाढीको जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज केही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भाग तथा मधेस प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको छ ।

विभागका बाढीविद् विनोद पराजुलीले आज इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिमको सम्भावना रहेको बताए ।

विभागका अनुसार गएको २४ घण्टामा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । सबैभन्दा धेरै वर्षा कास्कीको याङ्जाकोटमा ९८।६ मिमी मापन गरिएको विभागले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित