काठमाडौं । कैलालीस्थित कर्णाली नदीमा महिला र पुरुषको शव फेला परेको छ।
जिल्लाको मोहन्याल गाउँपालिका–६ सोल्टास्थित कर्णाली नदीमा अन्दाजी ३०–३५ वर्ष उमेरको एक जना पुरुष व्यक्तिको शव पानीमा तैरिरहेकोअवस्थामा फेला परेको हो। बिहान ७ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय सुगरखालदेखि घटनास्थल नजिक पर्छ।
त्यस्तै लम्कीचुहा नगरपालिका – ३ चिसापानीस्थित गोराङ्गेस्थित कर्णाली नदीमा एक जना अन्दाजी १८ वर्षीया महिलाको शव फेला परेको छ। यो घटनास्थल इलाका प्रहरी कार्यालय चिसापानीदेखि नजिकमा पर्छ।
सुर्खेतमा प्रहरी प्रवक्ता डिएसपी कबिन्द्र बोहराका अनुसार ती दुई शवहरु गत बिहीबार ९असार १८ गते० दैलेखस्थित कर्णाली नदीमा खसेको गाडीका यात्रुहरु हुन सक्ने आशंकासहित उनीहरुको हुलिया कैलाली पठाइएको छ।
त्यो दुघद्र्धटनामा परि गाडी चालक सुर्खेतको पञ्चपुरी नगरपालिका – ८ माझीगाउँका अन्दाजी २८ बर्षीय तुलसीराम सुवेदी, सहचालक समेत रहेका उनका सहोदर दाइ अन्दाजी ३१ बर्षीय रामप्रसाद सुवेदी, कालीकोटको रास्कोट नगरपालिका – २ खड्का गाउँकी अन्दाजी १८ बर्षीया सिर्जना खड्का र कालीकोट पाचल झरना गाउँपालिक– ९ का मेखे तिरुवा बेपत्ता छन्।
सोही दुर्घटनामा क्रममा भीरमा अड्किएको अवस्थामा कालीकोटका पाचल झरना गाउँपालिका–९ का ४५ वर्षीय जेखे तिरूवा मृत अवस्थामा फेला परेका थिए।
उनको शव पोस्टमर्टमपछि परिवारले बुझिसकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पुष्पराज रोकायाले बताएका थिए।
असार १८ गते बिहानीपख सुर्खेतबाट कालीकोट जाँदै गरेको क।प्र।०२–००१ ख १०५५ नम्बरको यात्रुबाहक गाडी बिहान साढे ११ बजेतिर दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका– ७ स्थित सडकबाट कर्णाली नदीमा खसेको थियो। उनीहरुको खोजी कार्य जारी रहेपनि हालसम्म गाडी र यात्रु फेला पर्न सकेका छैनन्।


































