श्रीमती हत्या आरोपमा मध्यराति ‘नेपाली ब्रो’ पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’का नामले परिचित रेस्लर कुमार थापा श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको तारकेश्वर नगरपालिका ६, लोलाङ पैँयुटारमा आफ्नै श्रीमती ईश्वरी भुजेलको हत्या गरेको अभियोगमा प्रहरीले उनलाई शुक्रबार राति बालाजु क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार शुक्रबार राति करिब १० बजेतिर घरायसी विवादका क्रममा थापाले श्रीमती ईश्वरीलाई फलामको फलामको रडले हानेका थिए।

गम्भीर घाइते भएकी उनलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको एसपी भट्टराईले बताए। ‘थापा श्रीमतीसँग डिभोर्स हुने अन्तिम चरणमा रहेको पनि बुझिएको छ, घटना र उनीहरूको पारिवारिक अवस्थाबारे हामी विस्तृतमा बुझ्दै छौँ’, उनले शनिबार बिहान भने।

अहिले ईश्वरीको शव शिक्षण अस्पतालमै पोस्टमार्टमको प्रक्रियामा रहेको जानकारी एसपी भट्टराईले दिए। रेस्लर थापाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइने उनले बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित