श्रम कार्यालय धनगढीका अधिकृत ढकालमाथि अकुत सम्पत्ति र ‘क्यूआर कोड’ बाट घुस लिएको आरोप, प्रधानमन्त्री कार्यालयमा उजुरी !

काठमाडौं । धनगढीस्थित युवा श्रम तथा रोजगार कार्यालयमा कार्यरत शाखा अधिकृत प्रदीप ढकालमाथि पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको गम्भीर आरोपसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता भएको छ।

वैदेशिक रोजगारीको श्रम स्वीकृति दिने क्रममा ‘क्युआर कोड’ मार्फत आर्थिक लेनदेन गरेको, गैरकानुनी रूपमा सरुवा रोकेको र बेनामी सम्पत्ति जोडेको दाबीसहित उनी विरुद्ध उजुरी दर्ता भएको हो।

उजुरीमा अधिकृत ढकाल र सोही कार्यालयका नायब सुब्बा (नासु) रामप्रसाद पोखरेलको मिलेमतोमा ठूलो आर्थिक चलखेल भइरहेको दाबी गरिएको छ।

७ वर्ष एउटै निकायमा, तीन पटकसम्म सरुवा बदर

श्रम मन्त्रालय र वैदेशिक रोजगार विभाग अन्तर्गत करिब ७ वर्षदेखि कार्यरत अधिकृत ढकालले पहुँचको दुरुपयोग गरी आफ्नो सरुवा रोक्ने गरेको उजुरीमा उल्लेख छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई विभिन्न समयमा स्थानीय तहमा तीन पटकसम्म सरुवा गरे पनि कर्मचारी प्रशासन शाखामा आर्थिक चलखेल गरी ती सरुवाहरू बदर गराएको आरोप उनीमाथि छ।

यो कार्यले सरकारको सुशासन सम्बन्धी कार्ययोजनाकै उल्लङ्घन गरेको उजुरीकर्ताको दाबी छ।

तेस्रो पक्ष र ‘क्युआर कोड’ मार्फत लेनदेन
अधिकृत ढकालले वैदेशिक रोजगार र श्रम स्वीकृतिसँग सम्बन्धित फाइलहरू अघि बढाउने बहानामा सेवाग्राहीबाट मोटो रकम असुल्ने गरेको दाबी गरिएको छ।

विशेष गरी युरोपेली मुलुकहरूमा श्रमिक पठाउने फाइल स्वीकृत गर्दा व्यक्तिपिच्छे रकम माग गर्ने र रकम नपाए काम रोक्ने गरेको आरोप उजुरीमा छ।

कारबाहीबाट बच्नका लागि उनले सिधै रकम नलिन ‘तेस्रो पक्ष’को प्रयोग गर्ने गरेको र डिजिटल माध्यममार्फत रकम असुल्ने गरेको दाबी गरिएको छ। सो सम्बन्धी डिजिटल प्रमाण समेत प्रधानमन्त्री कार्यालयमा पेस गरिएको छ।

Your paragraph text 6 https://newskhari.com/storage/2026/06/Your-paragraph-text-7.jpg

सम्पत्ति लुकाउन कृत्रिम सम्बन्धविच्छेदको आशङ्का
ढकालको वैध आयस्रोतको तुलनामा सम्पत्ति अस्वाभाविक देखिएको उजुरीकर्ताको दाबी छ। उनीमाथि ललितपुरको लामाटारमा ५ आना जग्गामा विलासी बंगला निर्माण गरेको र करोडौँ मूल्यका सवारीसाधन प्रयोग गरिरहेको आरोप छ।

सम्पत्ति लुकाउन ढकालले वि.सं. २०८२ मा आफ्नी जेठी श्रीमतीसँग नाता विच्छेद (डिभोर्स) गरी काठमाडौंको घर–सम्पत्ति सुम्पिएको देखाएका छन्। तर, वास्तवमा सम्पत्ति लुकाउन उनले अर्की श्रीमतीका नातेदारहरूको नाम प्रयोग गरेको आरोप उजुरीमा लगाइएको छ।

यसैगरी, झापा घर भई हाल पोखरा बस्ने एक व्यक्तिको नाममा करोडौँको गाडी खरिद गरेर बेनामी सम्पत्ति लुकाएको दाबी गरिएको छ। उनको कुल सम्पत्ति करिब २० करोड रुपैयाँ बराबर रहेको अनुमान गरिएको छ।

नासु पोखरेलसँगको साझेदारी र विदेशी नम्बरको प्रयोग
यो प्रकरणमा धनगढीकै नायब सुब्बा रामप्रसाद पोखरेलको समेत संलग्नता रहेको आरोप छ। नासु पोखरेलले समेत वि.सं. २०८२ मा ९० लाख रुपैयाँ खर्च गरेर आफ्ना भाइको नाममा गाडी र घर खरिद गरेको उजुरीमा उल्लेख छ।

छानबिन र प्रमाणबाट बच्नका लागि यी दुवै जनाले गुप्त रूपमा विदेशी मोबाइल नम्बरहरू प्रयोग गर्ने गरेको दाबी गरिएको छ। नासु पोखरेलले भारतीय नम्बर र अधिकृत ढकालले कुवेत तथा भारतीय नम्बर प्रयोग गरी फरकफरक ह्वाटसपहरू सञ्चालन गर्ने गरेको र संवेदनशील कुराकानी सोही माध्यमबाट गर्ने गरेको विवरण उजुरीमा समेटिएको छ।

सम्पत्ति रोक्का र फरेन्सिक अनुसन्धानको माग
उजुरीकर्ताले आरोपित दुवै कर्मचारी र उनीहरूका सहयोगीहरूको बैंक खाता, मोबाइल डाटा, सवारी दर्ता, घरजग्गा अभिलेख, डिजिटल वालेट र वैदेशिक भ्रमणको विस्तृत छानबिन गर्न माग गरेका छन्।

डिजिटल फरेन्सिक अनुसन्धानमार्फत वित्तीय कारोबार ट्र्याक गरी तत्काल उनीहरूको सम्पत्ति रोक्का गर्न र दोषी प्रमाणित भए कानुनबमोजिम मुद्दा दायर गर्न प्रधानमन्त्री कार्यालय समक्ष माग गरिएको छ।

उजुरीका विषयमा शाखा अधिकृत ढकालले न्यूज खरीसँग भने, ‘यो विषय गलत छ, मेरो चरित्र हत्या गर्न खोजिएको हो ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित