काठमाडौं । महोत्तरीमा डाका समूहले गोली चलाएर लुटपाट गरेको छ ।
सोनमा गाउँपालिका–३, खखना दक्षिणबारी टोलमा चोरी गर्न आएको डाकाको एक समूहले ईश्वरनारायण यादवको घरमा गोली चलाएर धनमाल चोरी गरेको छ ।
डाकाको प्रतिवाद गर्ने क्रममा ३० वर्षका श्रीमान् ईश्वरनारायण यादव र उनकी श्रीमती २२ वर्षीया किरण यादवलाई गाली लागेको छ । ‘किरणको घुँडामा र ईश्वरनारायणको कुम र व्युटी बोर्नको बीचमा गोली लागेको छ,’ जिल्ला प्रहरी कार्यालयका डीएसपी पञ्चलाल गोलेले भने, ‘उहाँहरूको अहिले जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।’ डीएसपी गोलेका अनुसार दुवैको स्वास्थ्य अवस्था खतरामुक्त छ ।
‘राति पौने २ बजे लुटपाट भएको पाइएको छ । सातरआठजनाको समूहका आएका उनीहरू धनमाल चोेरर फरार भएका छन्,’ डीएपी गोलेले भने, ‘प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।’


































